आमासहित छोराछोरी जंगलमा मृत भेटिए
प्युठान । प्युठानमा एकै घरका आमा सहित छोराछोरी मृत अवस्थामा जंगलमा भेटिएका छन् । प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जंगलमा झुण्डिएको अवस्थामा तीनैजनाको शव भेटिएको हो । सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान भनेर घरबाट गायत्री निस्किएकी मृतकका ससुरा गिरबहादुर सुनारले बताए । मृतकका श्रीमान रोजगारीका लागि भारतमा रहेका छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया