निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना हुने
संखुवासभा । संखुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ सम्म जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। मंगलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय गरेको हो । नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेश अनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ । जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
प्रतिक्रिया