शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक खर्ब ८० अर्ब बजेट
काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न विज्ञान लर mप्रविधि तथा नव प्रवद्र्धन परिषद् गठन गरिने जानकारी दिए । यस्तै विश्वस्तरको जनशक्ति उत्पादनका लागि स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्षदेखि सञ्चालनमा ल्याइने उनले जानकारी दिए । यस्तै, काभ्रेको पाँचखालमा पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेृदन तयार गरी निर्माण कार्यलाई अगाडि बढाउन एक अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै आगामी बजेटमा प्रज्ञा प्रतिष्ठानलाई पुनसंरचना गरिने उल्लेख छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया