विषाक्त मदिरा खाँदा २२ जनाको मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटना शनिबार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको जानकारी दिएका छन् । अन्य केही अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । बिहीबार साँझ उनीहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए । रक्सी सेवनपछि बिरामी भएका उनीहरुको शुक्रबार साँझ मृत्यु भएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै बिरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् । यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ । एजेन्सी
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया