दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो
काठमाडौं । गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ । डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको बताए । उनका अनुसार पछिल्लो समय ५० प्रतिशतले दुग्ध पदार्थको खपतमा कमी आएको छ । बोर्डको तथ्याङ्क अनुसार निषेधाज्ञाका कारण व्यवसायीसँग ठूलो मात्रामा दुग्ध पदार्थको मौज्दात रहेको छ । बन्दाबन्दी अघि दैनिक रुपमा आठ लाख ५० हजार लिटर दुध खपत हुने गरेकोमा हाल ४ लाख ३५ हजारको हाराहारीमा मात्र खपत हुँदै आएको छ । यसैगरी, ४ हजार एक सय मेट्रिक टन बटर तथा २ हजार ५ सय मेट्रिक टन धुलो दुध मौज्दात रहेको छ । मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन समस्या भएको छ । ठुलो मात्रामा मौज्दात हुँदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको जनाइएको छ । दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घजीवन भन्ने नाराका साथ विश्व दूध दिवसको पूर्वसन्धामा सोमबार भर्जुअल माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी दुग्ध क्षेत्रमा संलग्न व्यक्तिले निषेधाज्ञाको समयमा दुग्ध पदार्थको खपतमा कमी आउँदा किसानलाई रकम भुक्तानीमा समस्या भएको जनाएका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया