निको भए पूर्वडिआइजी खरेल, रिर्पोट नेगेटिभ
काठमाडौ। नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल कोरोना संक्रमणबाट निको भएका छन् । कोभिड संक्रमण भएका उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनी तीन सातासम्म अस्पतालमा बसेर उपचार गराएका थिए । सोमबार पुर्ण निको भएपनि उनी घर फर्केका हुन् । नेपाल प्रहरी अस्पतालले खरेललाई डिस्चार्ज गरेको जनाएको छ । ल्याब परिक्षणमा खरेलको कोरोना नेगेटिभ आएको छ । यसअघि अक्सिजन सर्पोटमा राखिएको उनलाई अक्सिजन आवश्यक नपर्ने अस्पतालले जनाएको छ । जटिल प्रकारको संक्रमणको सामना गरेका कारण शरिर भने सिथिल बनाएको छ । यसअघि खरेलको भेन्टिलेटरको सहायतामा हाई फ्लो अक्सिजन दिएर उपचार गरिएको थियो। उनलाई दुई सातासम्म भेन्टिलेटरको सहायताबाट उपचार गरिएको थियो। उनको फोक्सोमा निमोनिया देखिएको थियो।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया