हिमालय एयरलाइन्सले चीनबाट कोभिडविरुद्ध खोप ल्याउँदै
काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा खोप निःशुल्क ढुवानी गर्ने भएको हो । उक्त खोप चार उडान तथा अवतरणमार्फत ल्याइने एयरलायन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो खेपको खोप आज बिहान १०५ बाकस काठमाडौं ल्याइसकिएको छ । चीनको कुनमिङबाट ल्याइएको उक्त खोप आज बिहान साढे ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइसकेको छ । दुई लाख मात्र खोप ४१७ बाकसमा राखिएको जनाइएको छ । बाँकी खोप लिन हवाइजहाज बुधबार पुनः चीन जानेछ । चार निःशुल्क कार्गो उडान सञ्चालन गर्दा एयरलायन्सले रु दुई करोड २५ लाख बराबरको आर्थिक योगदान गर्ने श्रेष्ठले जानकारी दिए । कोभिडको महामारीको शुरुदेखि नै एअरलाइन्सले नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्दै आएको छ । सहयोगस्वरुप यसअघि एअरलाइन्सले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा रु एक करोड जम्मा गरेको थियो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया