स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह
काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार खुवाउने अभियान चलाइएको जनाइएको छ । जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिकरुपमा निःशुल्क उपलब्ध गर्दै आएको बताइएको छ । सो संस्थाले गत वैशाख २६ गतेदेखि काठमाडौंको वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, स्वाथ्य चौकीका स्वास्स्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिइन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया