चीनले अनुदानमा दिएको १० लाख डोज खोप वृद्धवृद्धालाई लगाइने
काठमाडौं । सरकारले चीनले अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख डोज भेरोसेल खोप वृद्धवृद्धालाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले सरकारले आगामी जेठ २४ गतेदेखि ६० देखि ६४ वर्षका उमेर समूहलाई खोप दिन लागेको जानकारी दिए । उनका अनुसार सरकारले दोस्रो डोजको खोप पनि सुनिश्चित गर्दै यी उमेर समूहका लागि पहिलो डोजको खोप लगाउने दिन लागेको हो ।यसअघि पनि १३ लाख वृद्धवृद्धाले कोभिसिल्डको पहिलो डोज लगाइसकेका छन् । तर, उनीहरुले पाउने दोस्रो डोजको खोप भने अmझै टुंगो लागिसकेको छैन । चीन सरकारले अनुदानमा दिएको १० लाख मध्ये ९ लाख डोज खोप आज नेपाल आइपुगेको छ । बाँकी एक लाख डोज खोप भोली तिब्बतबाट आउँदैछ । आफूलाई पायक पर्ने स्थानमा नागरिकता वा उमेर खुल्नै कुनै पनि सरकारी कागजात लिएर खोप लगाउन सकिन्छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया