ट्रमा सेन्टरले कोरोनाका नयाँ बिरामी भर्ना नलिने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामी भर्ना नलिने भएको छ । वीर कोभिड युनिफाइड अस्पताल सुरु भएसँगै कोरोना संक्रमितको चाप घटेकाले ट्रमा सेन्टर अब ननकोभिडकै सेवामा लाग्ने ट्रमा सेन्टरले जनाएको छ । ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार दैनिक कोरोना संक्रमण घट्न थालेको र वीर कोभिड इुनिफाइड अस्पताल सुरु भएको अवस्थामा अब नयाँ कोरोनाका बिरामी भर्ना नलिइने भएको हो । अहिले पनि ट्रमा सेन्टरमा ६४ जना संक्रमितको उपचार भइरहेको छ । तर, इमर्जेन्सी वार्ड भने खाली भएको छ । भएका बिरामीहरूलाई उपचार गरी घर पठाउने र नयाँ बिरामी नथप्ने निष्कर्षमा अस्पताल पुगेको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया