उदयशमशेर राणाको समन्वयमा बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेटर प्रदान
काठमाडौं । कांग्रेस नेता उदयशमशेर राणाको समन्वयमा ललितपुरकाे बज्रबाराही अस्पताललाई २ वटा भेन्टिलेर सहयोग गरिएको छ । काेरोना संक्रमणलाई मध्यनजर गर्दै राणाले नेपाल भेन्टिलेटर सर्भिससँग समन्वय गरी ललितपुरकाे गोदावरी नगरपालिकामार्फत बज्रबाराही अस्पताललाई दुई वटा भेन्टिलेटर उपकरण (सानो खालको) सहयोग स्वरुप उपलब्ध गराएका हुन् । राणाले एक कार्यक्रमकाबीच सहयोग नगरपालिकाका मेयर गजेन्द्र महर्जनमार्फत वितरण गरेका हुन् । दोस्रो चरणको कोभिडको महामारी सुरु भएपछि अस्पताललाई सक्रिय र बलियो बनाउन गरेको छलफल स्वरुप विभिन्न स्वास्थ्य उपकरण सहयोग गर्दै आएको राणाले बताए । सहरमा मात्रै नभइ सहरभन्दा बाहिर पनि कोरोना फैलिएकोले स्वास्थ्यकाे जाेखिम ख्याल गर्दै सानो खालको भेन्टिलेटर बज्रबाराही अस्पताललाई उपलब्ध गराइएको जानकारी दिए । जनशक्तिकाे सीमितताले पनि ठूलाेकाे सटटा सानाे खालकाे भेन्टिलेटर उपलब्ध गराइएकाे राणाकाे भनाइ छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया