हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले बिहीबार मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग गर्दै आएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया