संसद् विघटविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई सुरु भएको छ । यसअघि इजलासमा रहेका न्यायाधीशबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास पुनर्गठन भएको छ । पुनर्गठित संवैधानिक इजलासमा केही बेर अघिबाट सुनुवाइ सुरु भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्। यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो । जबराले इजलास पुनर्गठन गरे पनि संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधन भने गरेका छैनन् । २१ गते बारका पदाधिकारीसँगको बैठकमा उनले नियमावली संशोधन गरिने प्रतिबद्धता जनाएका थिए ।
ताजा अपडेट
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
प्रतिक्रिया