एमालेमा कलह: ओली पक्ष सुदूरपश्चिमका मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने, माधव समूह के गर्ला ?
नेकपा एमाले सुदूरपश्चिममा कलह निम्तिएकाे छ। एमाले अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकार ढाल्न भरपूर प्रयत्न गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ नदिइरहेका बेला मुख्यमन्त्री त्रिलाेचन भट्ट मंगलबार विश्वासकाे मत लिँदैछन्। तत्कालीन एमाले र माओवादी केन्द्रकाे गठबन्धनबाट बनेकाे सरकारलाई एमालेले समर्थन फिर्ताकाे निर्णय पनि लिएकाे थियाे। तर माधव समूहकाे असन्तुष्टिपछि निर्णय स्थगित भएकाे थियाे। मंगलबार मुख्यमन्त्रीले विश्वासकाे मत लिइरहँदा एमाले पनि विभाजित छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विपक्षमा मतदान गर्न ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ। तर संसदीय दलमा माधव समूहकाे नेतृत्व छ। यसैगरी माधव समूहबाट हालै मात्र आधा दर्जन नेताहरु मन्त्री बनेका छन्। याे अवस्थामा माधव समूहले ओली समूहकाे निर्णय नमान्न पनि सक्छ। एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन्। ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । माधव पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वासकाे मत पाउनेछन्। कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ। जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन्।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया