NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सभामुख सापकोटाको गुनासो, ‘राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिकार अपहरण भयो’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद् भवनमा भएको अन्तरक्रियामा उनले राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभाको अधिकार नै अपहरण भएको गुनासो गरेका हुन् ।  उनले संविधानको आत्मामाथि प्रहार भएका बेला आफू चुप लागेर बस्न नसक्ने बताए । यसअघि नै दलका नेता र कानुन व्यवसायीहरुले नै भएको अधिकार प्रयोग गर्न सभामुखलाई सुझाव दिएका थिए ।  उनले संविधान र प्रतिनिधिसभाको गरिमा रक्षाका लागू कानुन अधिकार अधिकार प्रयोग गर्न बाध्य हुने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश नै पालना नगर्ने प्रवृतिका कारण देशमा दुर्घटना निम्तिने खतरा उत्पन्न भइरहेको उनको भनाइ छ ।