चैत्र १५ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टामात्रै सञ्चालनमा आउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधी घट्ने भएको छ । आउँदो चैत्र १५ बाट विमानस्थल १८ घण्टामात्रै सञ्चालनमा आउने विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए । हालसम्म विहान ६ बजेबाट खुलेर राती ३ बजेसम्म २१ घण्टा सञ्चालनमा रहेको विमानस्थल अब ६ बजे खुलेर १२ः३० बजे बन्द हुनेछ । कोरोना महामारीपछि सञ्चालनमा आएको विमानस्थलमा उडान अवतरणमा अपेक्षित चाप नभएपछि सञ्चालन अवधी घटाउनेबारे नेपाल नागरिक प्राधिकरणले यसअघि नै जनाएको थियो । प्रवक्ता कर्णका अनुसार कोरोना महामारी भन्दा अघि साढे ३ सय देखि ४ सय उडान अवतरण हुने विमानस्थलमा हाल अधिकतम २ सय ३५ उडान हुन्छ । त्यसमा दुई सय आन्तरिक र ३५ वटा अन्तर्राष्ट्रिय उडान अवतरण पर्छन् ।
प्रतिक्रिया