काठमाडौंमा फेरि बर्डफ्लु देखिएपछि कुखुरा र दाना नष्ट

काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु पुष्टि भएपछि कुखुरा र दाना नष्ट गरिएको छ। पशुसेवा विभागका प्रवक्ता चन्द्र ढकालले बिहीबार संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका कुखुरा र दाना नष्ट गरिएको जानकारी दिए। विक्रम गौतम र कमल गौतमको फार्मबाट मात्र ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिए। सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला नष्ट गरिएको छ। तारकेश्वरमा पनि यसअघि पनि संक्रमण देखिएपछि १ हजार ४ सयभन्दा बढी हाँस नष्ट गरिएको थियो।
प्रतिक्रिया