NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार आठ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा २० रुपैयाँ ले घटेको छ । एक हजार ३ सय ५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय ३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष