NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले साँझ ५ बजेका लागि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक राखेको खबर आएको तर एजेण्डाबारे जानकारी नभएको बताए । सामान्यतय मन्त्रिपरिषद् बैठक बस्न ४८ घण्टा अघि मन्त्रीहरुलाई वैठकमा छलफल हुने एजेण्डा पठाउने अभ्यास छ । कतिपयले प्रतिनिधिसभाको बैठक आह्वान गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएको हुनसक्ने आँकलन गरेका छन् । तर पुष्टि हुन सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संबैधानिक वयवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेकी थिईन् । तर सर्वोच्च अदालतले उक्त कदम असंबैधानिक भन्दै १३ दिनभित्र संसद अधिवेशन आह्वान गर्ने गरि प्रतिनिधिसभा विघटन गर्ने गर्ने निर्णय बदर गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष