नवीन्द्रराज जोशीको अवस्थाबारे उनका दाइ राजुराज भन्छन् – अहिलेसम्म अवस्था जटिल नै छ [भिडियो]

काठमाडौँ – शुक्रबार विहान काँग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ। जोशीको मस्तिष्कको अति संवेदनशील स्थानमा रगत जमेकाले शल्यक्रिया गरिएको छ।सम्वेदनशील भागमा रगत जमेपछि गरिने शल्यक्रिया केही जटिल भए पनि शल्यक्रिया सफल भएको छ। तर जोशी अप्रेसनबाट खतरामुक्त भए पनि अवस्था भने अझै जटिल नै रहेको उनका दाइ राजुराज जोशीको भनाइ छ। नेवालवाचसँगको कुराकानीमा उनले जोशीको स्वास्थ्यस्थिति जटिल रहेकाले अहिले नै केही भन्न नसकिने बताए। शुक्रबार एक्कासी विरामी परेका जोशीलाई सुगर बाहेक अन्य कुनै रोग नभएको उनका दाइ राजुले नेपालवाचसँग भने। जोशीको उपचारमा डा. राजीव झाको टोली खटिएको छ ।
प्रतिक्रिया