NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

जोशीको उपचार गराउने डाक्टर भन्छन् : अवस्था एकदमै जटिल हो, तर बाँच्नुहुन्छ भन्ने आशा छ

काठमाडौं । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नवीन्द्रराज जोशीबारे अस्पतालले जानकारी गराएको छ । जोशीको उपचारमा खटिएका न्यूरो सर्जन राजीव झाले उनको अवस्था एकदमै जटिल भए पनि बाँच्ने आशा अझै रहेको बताए । ‘उहाँको एकदमै जटिल हो। संसारभरि यस्ता समस्या भएका ७० प्रतिशत मानिसहरू बाँच्दैनन्। बाँचेका ३० प्रतिशतलाई नराम्रो पक्षघात हुनेगर्छ’ झाले भने, ‘उहाँको अवस्थालाई स्थिर भन्न मिल्ने खालको पनि छैन। तर पहिलाभन्दा बिग्रेको पनि छैन। हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा अझै छ। हामी त्यही आशामा उहाँको उपचारमा लागेका छौं ।’ शुक्रबार बिहान २ बजेतिर शरिरको देब्रे भाग चल्न छोडेपछि जोशीलाई अस्पताल पहिले वीर अस्पताल लगिएको थियो । वीरपछि थप उपचारको लागि नर्भिक पुर्याइएको थियो । वीर अस्पतालबाट रिफर भएर आएपछि पहिले जोशीको फोक्सोबाट वान्ता निकालेको उनले बताए । ‘हामीले पहिले उहाँको फोक्सोबाट वान्ता निकाल्यौं। पाइप हालेर श्वास फेर्न सहज बनायौं। त्यही क्रममा मैले उहाँको आँखामा फुलो परेको देखें’ उनले भने, ‘त्यसको अर्थ आधा दिमागले काम गर्न छोडेको छ भन्ने हो । त्यसपछि फेरि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको देखियो।’ त्यसपछि झाको टोलीले अप्रेसन गरेको थियो । अप्रेसनपछि जोशीलाई भेन्टिलेटरमा राखिएको छ ।जोशीलाई रक्तचाप, सुगरसँगै रगत बाक्लो हुने समस्या रहेको पनि अस्पतालले जनाएको छ । जोशीलाई रक्तचाप, सुगरसँगै रगत बाक्लो हुने समस्या थियो।

ताजा अपडेट

नेपालवाच विशेष