NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

किन हुन्छ मस्तिष्कघात, यस्तो छ कारण र उपचारविधि ?

डा. अभिनास चन्द्रचिकित्सक, अन्नपूर्ण न्युरो अस्पताल मस्तिष्कमा रगत नपुग्दा र रक्तस्राव हुने प्रकृतिअनुसार मस्तिष्कघात दुई किसिमको हुन्छ । मस्तिष्कघात कि त मस्तिष्कमा पुग्नुपर्ने रगत नशामै जमेर हुन्छ, कि त मस्तिष्कभित्रको नशा फुटेर हुन्छ । नशाभित्रै जमेर मस्तिष्कमा पुग्नुपर्ने रगत नपुगेपछि हुने पक्षघातलाई इस्केमिक स्ट्रोक भनिन्छ ।रगतको प्रभाव धेरै हुँदा मस्तिष्कभित्रै कुनै नशा फुटेर रगत नशा बाहिर आउँदा हुने पक्षघात हेमेरेजिक स्ट्रोक हो । यो किसिमको मस्तिष्कघात इस्केमिक स्ट्रोकभन्दा तुलनात्मक रुपमा बढी खतरायुक्त हुन्छ । के कारणले हुन्छ मस्तिष्कघात ? उच्च रक्तस्राव, हाइपर टेन्सनजस्ता समस्याले मस्तिष्कको नशा कमजोर हुन सक्छन् । अर्कातिर रगतको नशा बेलुनजस्तो फुलेर पनि फुटन सक्छन् । यी दुई कारणले मस्तिष्कमा रक्तस्राप हुनसक्छ, जसले हेमेरेजिक स्ट्रोक निम्त्याउँछ । हेमेरेजिक स्ट्रोकको कारण वंशाणुगत पनि हुनसक्छ । मानिसको रगतमा हुने एमेलोइड नामको रसायनको खराबीले गर्दा रगतका नशाहरू कमजोर हुने र फुट्ने समस्या पनि निम्तिन्छ । इस्केमिक स्ट्रोकको कारणमा पनि एउटा उच्च रक्तश्राव नै हो । उच्च रक्तस्रावका कारण नशाहरू साँधुरिने र दीर्घकालमा रगतको प्रवाह कम हुँदै जाने समस्या हुन्छ । अर्को कारण मुटुकै समस्या हो। मुटुको भल्व बिग्रिने, चाल राम्रो नहुँदा रगत जम्नेजस्ता कारणले पनि इस्केमिक स्ट्रोक निम्त्याउन सक्छ । मुटुबाटै रगत निस्किदाँ जमेको रगत निस्किएर मस्तिष्कमा पुगेमा त्यसले इस्केमिक स्ट्रोक निम्त्याउँछ । नेपालको सन्दर्भमा कुरा गर्दा बढी मात्रामा इस्केमिक स्ट्रोकको समस्या देखिन्छ । हेमेरेजिक स्ट्रोकको तुलनामा नेपालमा तीन गुणा बढी इस्केमिक स्ट्रोकको समस्या देखिन्छ । तर, जोखिमको कुरा गर्ने हो भने इस्केमिक स्ट्रोकको तुलनामा हेमेरेजिक स्ट्रोक निकै खतरायुक्त छ । हेमेरेजिक स्ट्रोक हुँदा मस्तिष्कमा रक्तस्राव हुने भएकाले पनि यो बढी जोखिमयुक्त हो । मस्तिष्कघात मस्तिष्कको यही भागमा हुन्छ भन्न सकिदैंन् । मानिसको मस्तिष्कको सबै भागमा रगत र रक्तनली हुने भएकाले यो जुनसुकै भागमा पनि हुनसक्छ । त्यसमध्ये पनि बढी मात्रामा भएको ठाउँ भनेको मिडल सेलेबल आटरी (मस्तिष्कको मध्य भागको रक्तनली) हो । मिडल सेलेबल आटरी मस्तिष्कका अन्य नशाहरूभन्दा बढी नै ठूलो हुन्छ, जसकारण यो नशामा बढी मात्रामा मस्तिष्कघातको समस्या देखिन्छ । मध्यभागमा बढी भएपछि मस्तिष्कको अगाडि र पछाडिको भागमा भने कम हुन्छ । तर, मस्तिष्कको पछाडिको भागमा मस्तिष्कघात हुनु भनेको निकै खतरा हो । मस्तिष्कघात हुनुअगाडि के लक्षण देखिन्छन भन्न सकिँदैन । किनकी मस्तिष्कघात आकस्मिक हुन्छ। यद्यपि, यसका कारणहरू भने लामो समयदेखि शरिरभित्र विकसित हुँदै गएका हुन्छन् ।कारण विस्तारै विकसित हुँदै गएपनि यसको असर तत्कालै देखिन्छ । ‘बि फाष्ट’ अर्थात् चाडै चिकित्सककोमा लैजाउ मस्तिष्कघातलाई लिएर नेपाली चिकित्सा जगतमा बि फाष्ट (BE FAST) भन्ने एउटा सूत्र बनाइएको छ । यो सूत्रमा मस्तिष्कघात हुनुअघि देखिनसक्ने केही शारिरीक समस्याहरू र समयमा बिरामीलाई अस्पताल पु-याउनुपर्छ भन्ने बुझाउन खोजिएको छ । बि फाष्टमा बि (B) को अर्थ ब्यालेन्स हो । अर्थात कुनै पनि व्यक्तिले हिँडदा–हिँडदै लड्खडाउने, एक्कासी हिँड्न नसक्ने समस्या देखिन सक्छ । इ (E) को अर्थ आँखा (आई) हो । मानिसले आफ्नो हेराई कमजोर हुने, दुईवटा आकृति देखिने समस्या देखिएमा त्यो मस्तिष्कघातको संकेत हुनसक्छ । एफ (F) को अर्थ अनुहार (फेस) हो । जसले मानिसको मुख बांगिने, अनुहार बांगीने अर्थ बुझाउँछ ।त्यस्तै, ए (A)भनेको हात वा खुट्टा (आर्म) हो । शरिरको कुनै एक हात खुट्टाको भाग कमजोर हुनु, त्यसले राम्रोसँग काम गर्न नसक्नु पनि मस्तिष्कघातको संकेत हुनसक्छ । त्यस्तै, एसको (S) खर्थ बोली (स्पिच) हो बोली लरबरिनु, एक्कासी बोलीलाई नियन्त्रण गर्न नसक्नु पनि मस्तिष्कघातको संकेत हुनसक्छ । टि (T) को अर्थ समय (टाइम) हो । समग्रमा बि फाष्ट भन्नाले यी संकेतहरू देखिएमा उक्त व्यक्तिलाई मस्तिष्कघात भएको हुनसक्छ, र उसलाई समयमै चिकित्सककोमा पु-याउनुपर्छ भन्ने बुझ्नुपर्छ । समयमा उपचार पाए निदान सम्भव स्ट्रोक भएमा सुरुवातमै ज्यान जान्छ भन्ने हुँदैन् । यसले सुरुवातमा मानिसलाई कमजोर बनाउँछ । विस्तारै शरिरमा अपांगता बढ्छ । शरिर कमजोर हुने, हात खुट्टा चलाउन नसकिनेदेखि दृष्टिसम्ममा यसले असर गर्छ । कस्तो हुन्छ उपचारपद्दति ? मस्तिष्कघातको उपचार त्यो प्रकृति र त्यसको फैलावटमा भर पर्छ । अलि ठूलो हेमेरेजिक स्ट्रोक छ भने त्यो बढी खतरनाक हुन्छ । हेमेरेजिक स्ट्रोक भएर बढी मात्रामा रक्तस्राप भएको छ भने त्यसले अन्य नशाहरूलाई पनि असर गर्छ । जसले जोखिम झन बढाउँछ । इस्केमिक स्ट्रोक कम जोखिमपूर्ण हो । अहिले नेपालमै पनि इस्केमिक स्ट्रोकको उपचार राम्रोसँग हुनछ । सम्बोलाइटिक प्रविधिबाट रगत जमेको नशालाई खुलाउन सक्ने प्रविधि नेपालमा छ । इस्केमिक स्ट्रोकको उपचारको लागि विरामी कम्तीमा साढे तीन र बढीमा साढे चार घण्टाभित्रमा चिकित्सककोमा पुग्ने हो भने रोगको पहिचान गरेर त्यसको राम्रोसँग उपचार गर्न सकिन्छ । जमेको रगतलाई पगालेर रगतको प्रवाहलाई बढाएर बिरामीलाई पूर्ण रुपले शकुसल बनाउन सकिन्छ । तर, यो अवधिभन्दा बढी भएमा व्यक्तिमा समस्याहरू बढ्दै जान्छन् । फिजियोथेरापीजस्ता दीर्घकालसम्म चलिरहने उपचारबाट केही मात्रामा सहजता त दिलाउन सकिन्छ । तर, पूर्ण रुपमा निदान गर्न गाह्रो हुन्छ । केही न केही समस्या शरिरमा देखिरहन्छ । हेमरेजिक स्ट्रोकको लागि भने तुरुन्तै अस्पताल पु¥याउनुपर्छ । तुरुन्तै अस्पताल पु¥याउन सकेमा यसको पनि उपचार गर्न सकिन्छ । मस्तिष्कको रगत कुन ठाउँमा छ, त्यसको पहिचान गरेर त्यसलाई झिक्नुपर्ने हुन्छ । हेमरेजिक स्ट्रोकको लागि शल्यक्रिया आवश्यक हुनसक्छ । इस्केमिक स्ट्रोकमा शल्यक्रिया गर्नुपर्ने अवस्था कमै मात्रामा आउँछ । कसरी बच्ने मस्तिष्कघातबाट ? नेपाली समाजमा खानपानमा खासै ध्यान दिइँदैन । चिल्लो खाने कुराको अत्याधिक प्रयोग भइरहेको छ । खानपानमा ध्यान नदिनुले नै पछि मस्तिष्कघातको समस्या निम्त्याउने खतरा हुन्छ । हामीले आज खाइरहेको खाद्यवस्तुले भोलि हाम्रो शरिरमा रक्तचाप बढाउने र त्यसले दीर्घकालमा मस्तिष्कघात निम्त्याउन सक्छ । यसका अतिरिक्त बढी तनावपूर्ण दैनिकी भएमा यसले पनि रगतको प्रवाहमा प्रभाव पार्छ । जसले मस्तिष्कघात हुनसक्ने सम्भावना हुन्छ । मस्तिष्कघातबाट बच्न हामीले खानपान र हाम्रो दैनिकीमा ध्यान पु-याउन आवश्यक छ । स्वस्थ्य खानपान गर्ने, तनावपूर्ण काम नगर्ने, तनाव नदिने जस्ता कुराहरु मुख्य हुन् । त्यसबाहेक समय समयमा आफ्नो रक्तचापको जानकारी लिने र सन्तुलनमा राखिरहने गर्नुपर्छ । कुराकानीमा अधारित

ताजा अपडेट

नेपालवाच विशेष