NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

काठमाडौंको सरसफाइका लागि महानगर र काठमाडौं विश्वविद्यालयबीच सहमति

काठमाडौं । काठमाडौंको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौं महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ । यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम (प्रफेसनल लर्निङ कोर्स पिएलसि) उपलब्ध गराउनेछ । उक्त तालीम यही फागुन २१ गतेबाट शुरु हुने बताइएको छ । तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ । महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।

ताजा अपडेट

नेपालवाच विशेष