NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

वृक्षरोपणको दुई वर्ष नबित्दै हराए कलंकी–कोटेश्वर सडकका बिरुवा (फोटो/भिडियो)

https://www.youtube.com/watch?v=DbTrbJ8Wd5c काठमाडौँ – १४ असार०७६ मा निकै नै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथको कोटेश्वर–कलंकी सडक किनारामा नासपातीको विरुवा रोपेर वृक्षरोपण अभियानको शुरुवात गरे। कोटेश्वरदेखि कलंकीसम्म पनि उसैगरी तीन हजार बिरुवा रोपियो । तर, वृक्षरोपण गरेको दुई वर्ष बितिसक्दा पनि ती बिरुवा हुर्केका छैनन्। त्यसको स्याहार तथा संरक्षण नहुँदा अहिले प्राय विरुवा मरिसकेका छन् । कतिपय स्थानमा त जनावरबाट बिरुवा जोगाउन लगाइएको बार मात्र बाँकी छ । यद्यपि केही ठाउँमा भने विरुवा मौलाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष