मुलुकका केही स्थानमा वर्षाको सम्भावना

मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आइतबार दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ। आइतबार राति प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया