पुटिन र बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो। बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुवै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ। यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन्। गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्ने बताए। -एजेन्सी
प्रतिक्रिया