NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

छापामा आज : त्रिभुवन विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाले छुट्टाछुट्टै विषयलाई प्राथमिकता दिएका छन् । आजको नयाँ पत्रिका दैनिकले ‘नेपाल अतिकम विकसित देशबाट माथि उठ्यो’ शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, ‘सन् २०१५ मै योग्यता पुगे पनि आर्थिक सुविधा कम हुने भएकाले नेपालकै आग्रहमा स्तरोन्नति स्थगित हुँदै आएको थियो, नेपालाई अझै पाँच वर्ष अतिकम विकसित मुलुककै सुविधा।’ नयाँ पत्रिकाले नयाँ सरकार गठनको गृहकार्य भइरहेको खबर पनि पहिलो पृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले ‘अन्तर्राष्ट्रिय विमानस्थल छेवैको ९१ रोपनीमा होटल बनाउन दिने तयारी’ शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी थालेको हो। विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दिन लागिएको हो । अन्नपूर्ण पोस्टले ‘पीडितलाई कानुनको तगारो’ शीर्षकमा मुख्य समाचार छापेको छ। नागरिक दैनिकले ‘ओलीसँग एकता असम्भव’ शीर्षकमा मुख्य समाचार छापेको छ भने राजधानी दैनिकले ‘अबको दुई वर्ष म नै प्रधानमन्त्री, नो राजीनामा’ शीर्षकमा प्रधानमन्त्री केपी ओलीको भनाइ छापेको छ। गोरखापत्रले ‘प्रदेशको प्राथमिकताः बृहत् सडक सञ्जाल’ शीर्षकमा मुख्य समाचार छापेको छ। गोरखापत्र लेख्छ, ‘प्रदेश सरकारले खासगरी आर्थिक सामाजिक विकासका लागि प्रादेशिक महìवका सडक तथा प्रदेश राजधानी, जिल्ला सदरमुकाम, स्थानीय तह र वडाका केन्द्र जोड्ने सडकलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ । वर्तमान सरकारले तीन वर्ष पूरा गरेको अवसरमा फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशबाट एक हजार १४३ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभएको थियो ।’

ताजा अपडेट

नेपालवाच विशेष