NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

जोन्सनको कोभिडविरुद्धको खोपलाई अमेरिकाको अनुमति, एक डोज लगाए पुग्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड-१९ विरुद्धका खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले एक डोज मात्र लगाए पुग्ने यो खोप १८ वर्षमाथिका व्यक्तिका लागि खोप प्रयोग अनुमति दिएको हो। यसअघि अनुमति पाएका खोप दुई डोज लगाउनु पर्ने थिए। जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो। त्यसबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो। यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो। -एजेन्सीकाे सहयाेगमा

ताजा अपडेट

नेपालवाच विशेष