NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

तोलामा पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पाँच सय रुपैयाँले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार आठ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३ सय ३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३ सय २५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष