अवहेलनाको मुद्धामा जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत पुगे

काठमाडौं । अदालतको अवहेलना मुद्धामा जवाफ दिन नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध भएको सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले संसद विघटनलाई अदालतले सदर गरे लाखौँ जनतालाई सडकमा उतारेर गल्ती सच्याउने घोषणा गरेका थिए । उक्त अभिव्यक्तिले अदालतको मानहानी हुने भन्दै प्रचण्ड विरुद्ध रिट दायर भएको थियो । सो रिटमा बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ दिन प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेश अनुसार लिखित जवाफ पेश गर्न सर्वोच्चमा उपस्थिति भएका हुन् । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।
प्रतिक्रिया