NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

अब रेशम चौधरीसँगै प्रचण्ड पनि जेल जानुपर्छ : राजेन्द्र महतो

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले १७ हजार नागरिकको हत्या गरेको अभियोगमा प्रचण्ड लगायतका नेताहरु पनि जेल जानुपर्ने बताएका छन् । थारु समुदायको अधिकारका लागि आन्दोलनमा भाग लिएवापत रेशम चौधरीलाई जेलमा पठाइएको प्रशंगमा महतोले आन्दोलन गर्नु अपराध हो भने प्रचण्ड–बाबुराम भट्टराई पनि जेलमा हुनुपर्ने बताए । ‘देशमा कानून सबैका लागि बराबर हुनुपर्छ, थारु समुदायको अधिकारका लागि लड्दा रेशम चौधरी आज जेलमा छन्, प्रचण्डको नेतृत्वमा १७ हजार मान्छे मारिए, उनी जेल जानु पर्दैन ?’ थारुहट थारुवान राष्ट्रिय मोर्चाको सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यस विषयमा चासो राख्दा महतोले आफ्नो उदेश्य राजनीतिक आन्दोलन गरेवापत नेताहरु जेल जानुपर्छ भन्ने मनशाय नभएको बताए । एउटा आन्दोलनको नेतृत्व गरेवापत रेशम चौधरी जेलमा छन्, यो विभेदकारी भयो भन्ने सन्दर्भमा मैले प्रचण्ड जेल जानुपर्छ भनेको हुँ, महतोले नेपालवाचसँग भने । नेता महतोले मधेसमा भएका आन्दोलनमा सहभागीहरु धेरै जेलमा रहेको प्रसंग उल्लेख गर्दै उनीहरुलाई जेलबाट बाहिर नल्याए जनयुद्धको नेतृत्व गर्ने प्रचण्डको विषयमा प्रश्न उठ्नु र उठाउनु स्वभाविक भएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष