NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

काठमाडौं फर्किएपछि कानुनी उपचारमा जाने कोमल वलीको चेतावनी

काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा नेकपाकी केन्द्रीय सदस्य कोमल वलीले प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तका विरुद्ध कानुनी कदम चाल्नेबारे छलफलमा रहेको बताएकी छिन् । ‘काठमाडौंमै भएकी भए कानूनी एक्सन लिन सजिलो पनि हुन्थ्यो । अहिले दाङमा छु । अहिले म यसबारे नै छलफलमा छु ।’ पन्तले केही दिनअघि भाषणका क्रममा नेतृ वलीलाई पिडुँला देखाएर सांसद भएको आरोप लगाएका थिए । एक कार्यक्रममा नेता पन्तले राजनीतिमा लामो सम संघर्ष गरेका महिलाहरूले कुनै पद नपाएको तर कोमल वलीले भने छोटो समयमै ठूला पद पाएको टिप्पणी गरेका थिए । ‘महिलाहरू अहिले केपीतिर लागेका छन् । २० औं वर्ष विवाह नै नगरी यो पार्टीमा बसेका महिलाहरू छन् । तर उनीहरूले टिकट पाएनन् । तिनले राष्ट्रियसभा पाएनन्’, पन्तले उक्त कार्यक्रममा भनेका थिए, ‘वलीले भने सारी सर्काएर गोरा पिंडुला देखाएको भरमा सांसद पाइन् । कपाल फुलेर चाउरी परेका बुढाबुढी कमरेडहरू न एकचोटी राष्ट्रिय सभाको सांसद बन्न् पाएका छन् न केन्द्रिय कमिटीको सदस्य । उनी राष्ट्रिय सभा सदस्य पनि भइन् अहिले केन्दिूय कमिटीको सदस्य पनि भइन् ।’ पन्तको यस्तो अभिव्यक्तिलाई वलीले समग्र महिलामाथिकै प्रहार भएको जनाएकी छिन् । ‘कम्तीमा पनि काम गरेको चित्त बुझेन भनेर टिप्पणी गरेको भए पनि हुन्थ्यो । तर यो स्तरसम्म झरेर अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेकी थिइन,’ वलीले नेपालवाचसँग भनिन्, ‘उहाँको यो अभिव्यक्ति सबै महिला दिदीबहिनीमाथिको प्रहार हो ।’

ताजा अपडेट

नेपालवाच विशेष