NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

मलाई हटाएर देखाउनुस्, दुई तिहाई ल्याएर देखाइदिन्छु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–माधव नेपाल समूहलाई चुनौती दिएका छन् । झापामा औद्योगिक पार्क शिलान्यास गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘अविश्वास प्रस्ताव राखेर पास गर्नुस्। हटाउनुस् । पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएपछि पुनः जनतामैं पुगेर फर्केर आएको हो’ ओलीले चेतावनी दिए, ‘अहिले पनि हटाउन सक्नुभयो भने तीन करोड जनताको माझमा जान्छु । फेरि दुई तिहाइ मत ल्याएर देखाइदिन्छु ।’ आफूलाई अविश्वासको प्रस्तावको सामना गर्न कुनै कठिनाई नहुने उनले बताए । तर, आफू प्रधानमन्त्री बन्ने बाटो नै नदेखेपछि प्रचण्ड र नेपालले कांग्रेस जसपालाई गुहारेको आरोप उनको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष