ओलीका केन्द्रीय सदस्य प्रचण्ड समूहमा प्रवेश

काठमाडौं । नेकपाका केपी ओली समूहमा लागेका केन्द्रीय सदस्य प्रचण्ड–माधव नेपाल समूहमा प्रवेश गरेका छन् । ओली पक्षका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका हुन् । उनी हज कमिटीका पूर्व अध्यक्षसमेत हुन् । प्रचण्ड र नेपालले उनलाई आफ्नो समूहमा प्रवेश गराएका हुन् । दुई तिहाई मत भएर पनि केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै आफू प्रचण्ड समूहमा लागेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । जनताको विश्वासलाई ओलीले कुठाराघात गरेको उनको भनाई छ । ओली स्वेच्छाचारी बन्दै गएकोप्रति आफ्नो असहमति गरेको उनको भनाई छ । ‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पूरा गर्ने युगीन जिम्मेवारी पूरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया