योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

काठमाडौँ । नेकपा प्रचण्ड नेपाल समूहका नेता तथा पूर्व मन्त्री योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । आज रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गाडीले चन्द्रनिगापुरका ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको हो । घिमिरे घाईते भएका छन् । जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको ज १ झ ४२७ नम्बरको उक्त गाडीले साइकल यात्री घिमिरेलाई साँझ ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ । हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया