प्रतिरक्षा विश्वविद्यालयकाे पाठ्यक्रम मस्याैदा र परीक्षा मापदण्ड बनाउन विषय विज्ञ माग

नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी (एनडीयु) का लागि विज्ञ माग गरेको छ। प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न गठन आदेश गत वैशाखमा जारी भइसकेको अवस्थामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यालयले पाठ्यक्रमको मस्यौदा, परीक्षा प्रणाली र मूल्यांकन मापदण्ड तयार गर्न विज्ञ माग गरेको हो। सूचना अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ, अर्थ विज्ञ र व्यवस्थापन विज्ञ आवश्यक छ । यो विश्व विद्यालयबाट विश्वविद्यालयमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा मामिलाको अध्ययनरअध्यापन हुनेछ। गत वैशाखमा राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययनरअध्यापनका लागि विश्वविद्यालय खोल्न गठन आदेश जारी गरिएको थियो। विश्वविद्यालयमा ११ सदस्यीय सञ्चालक समितिको व्यवस्था गरिएको छ। समितिमा अध्यक्ष र दुईजना सदस्य मन्त्रिपरिषद्ले बाहिरबाट नियुक्त गर्ने छ । बाँकी सदस्यहरु राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा कार्यरत उपरथी, नेपाली सेनाको व्यवस्था, नीति तथा योजना महानिर्देशनालयका महानिर्देशकसहित रक्षा, शिक्षारविज्ञान तथा प्रविधि, अर्थ, कानुन, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव समितिमा सदस्यको रुपमा रहने छन् । समितिको कार्यकारी निर्देशक प्रधानसेनापतिको सिफारिसमा रक्षा मन्त्रालयले नियुक्त गरेका बहालवाला सहायक रथी रहने छन् । कार्यकारी निर्देशक समितिको सचिवालयको प्रमुख रहने छन्। हाल मुलुकमा प्रतिरक्षा विश्वविद्यालय नहुँदा नेपाली सेनाका जर्नेल तथा प्रशासक र अन्य सुरक्षा अधिकारीले विभिन्न मुलुकमा नेशनल डिफेन्स कोर्सरवार कलेज अध्ययनका लागि जानुपर्ने बाध्यता छ।
प्रतिक्रिया