भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभिडविरुद्धको खोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। उनले सोमबार बिहान कोभ्याक्सिन खोप लगाएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। यस खोपलाई भारतीय कम्पनी भारत बायोटेकले विकास गरेको हो । प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन्, ‘यो उल्लेखनीय छ कि हाम्रा चिकित्सक र विज्ञानिकले नै कोभिड-१९ विरुद्धको विश्वव्यापी लडाइँलाई थप मजबुत बनाउने काम गर्नुभएको छ।’ उनले भारतीय नागरिकलाई खोप लगाउनसमेत अपिल गरेका छन्।
प्रतिक्रिया