ब्याजदरको सीमा उल्लंघन गरेमा बैंकका सिइओलाई कारबाही

नेपाल राष्ट्र बैंकले ब्याजदरको सीमा अन्तर उल्लंघन गरेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकलाई कारवाही गर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एक परिपत्र जारी गर्दै भनेको छ, ‘कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमास सम्ममा सीमाभित्र ल्याउनु पर्नेछ।’ कर्जा प्रवाह गर्दा ग्राहकबाट लिने र निक्षेप संकलनमा दिने ब्याजबीचको अन्तर (स्प्रेड) तोकिएको सीमाभित्र राख्नुर्ने छ। यो स्प्रेड वाणिज्य बैंकले अधिकतम ४.४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीले अधिकतम ५ प्रतिशत कायम गर्नुपर्छ । अब यो स्प्रेडको सीमा उल्लंघन गरेमा संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवाही हुनेछ।
प्रतिक्रिया