NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

संसद बैठक फागुन २३ गते ४ बजे

काठमाडौँ । सरकारले फागुन २३ गते साँझ ४ बजेका लागि संसद वैठक राख्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गरेको छ । यसअघि बसेको मन्त्रिपरिषदका बैठकले २३ गते बैठक बस्ने मिति तय गरेको थियो । तर उक्त दिन बैठक बस्ने समय सार्वजनिक भएको थिएन । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले साँझ ४ बजे वैठक बस्ने गरी राष्ट्रपतिको कार्यालयलाई सिफारिस गरिसकेको छ । आजै राष्ट्रपतिको कार्यालयले संसद वैठकको मिति र समय सहित संसद सचिवालयलाई पत्र पठाउने तयारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष