सुन्दरीजलमा मेलम्चीको पानीलाई यसरी प्रशोधन गरेर काठमाडौंमा वितरण गरिन्छ [भिडियो रिपोर्ट]

काठमाडौं – लामो समयको प्रतिक्षापछि अन्ततः मेलम्चीको पानी आउँदो केही समयभित्रै काठमाडौं आउने भएको छ। १० फागुनदेखि मेलम्चीको पानी बग्ने सुरुङको परीक्षण भइरहेको छ।सुरुङको परीक्षण सफल भए आगामी वैशाखदेखि नै काठमाडौंवासीको धारामा मेलम्चीको पानी पुग्ने आयोजनाको भनाइ छ। सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि साढे २६ किलोमिटर सुरुङ छिचोलेर काठमाडौँ आइपुगेको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसाइन्छ । यसको क्षमता १६ हजार घनमिटर छ। प्रशोधन गरेपछि मात्र उपभोक्ताको धारामा पानी पुग्छ। नेपालवाचले मेलम्चीको पानी काठमाडौं खसाइने सुरुङको अन्तिम विन्दु सुन्दरीजल पुगेर भिडियो रिपोर्ट तयार गरेको छ । सुरुङ छिचोलेर काठमाडौं आउने मेलम्चीको पानीलाई यहाँ भण्डारण गरेर प्रशोधन गरी उपत्यकाका विभिन्न ठाउँमा वितरण गरिन्छ। कसरी हुन्छ त पानी प्रशोधन भिडियोमा हेर्नुहोस https://youtu.be/GRXJEvCKU0Y भिडियाे : शालिक भट्ट
प्रतिक्रिया