प्रधानमन्त्री ओलीमाथि शारीरिक आक्रमण हुन सक्ने!

काठमाडौं । प्रधानमन्त्ती केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने जनाउ दिएका छन् । आज पोखरामा आफू निकट कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूमाथि प्रहार भइरहेको उल्ल्लेख गरेका हुन् । ‘तपाईंहरू अनौठो नमान्नुहोला, यदी ममाथि कुनै शारीरिक हमाला नै भयो वा ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला,’ प्रधानमन्त्री ओली भने, ‘तर त्यस्तो हुन दिइने छैन । सतर्कता अपनाउछौं ।’ प्रधानमन्त्री ओलीले आफू नरहे पार्टी रहनुपर्ने र देश बनाउने पार्टी अन्धकारमा पु-याउन नहुने बताए।
प्रतिक्रिया