NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

डढेलोले वन सखाप

ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु-याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् । मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञले चेतावनी दिएका छन् । डढेलोका कारण वायुप्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । साता दिनमा एकपटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकाले जंगलनजिकैका बस्ती थप सचेत बन्नुपर्ने उनले बताए । नेपालमा सामान्यतः चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ । उनका अनुसार आइतबार अपराह्नसम्म ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष बढी डढेलो लागेको उनले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।