NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

फेरि देशका धेरै स्थानमा तुवाँलाे

दुई साता लामाे तुवाँलाे हटेकाे आधा साता नबित्दै फेरि तुवाँलाे लागेकाे छ। काठमाडाैं उपत्यका वरपरका जनजंगलमा डढेलाे बढेसँगै साेमबारबाट तुवाँलाे लागेकाे हाे। माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार बिहान देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। धेरै स्थानमा तुँवालो रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। पहाडी भूभागका थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। देशका केही भूभागमा दिउँसाेसम्म तुवाँलोको असर रहने महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा अपरान्ह पछि क्षणिक वर्षाको सम्भावना रहेको छ ।