NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

रामचन्द्र पौडेलका भाइको निधनपछि कांग्रेस बैठक स्थगित

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलका भाइको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि सोमबार दिउँसो बस्ने केन्द्रीय समितिको बैठक स्थगित भएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए । ‘वरिष्ठ नेताको भाइ बित्नुभएको छ । यसैले आज बस्ने बैठक स्थगित गरिएको हो,’ शर्माले नेपालवाचसँग भने, ‘सोमबार साँझसम्मका बैठकको अर्को मिति तोक्छौं ।’ कांग्रेसका १४ औं महाधिवेशन नजिकिए पनि धेरै जिल्लाले क्रियाशील सदस्यताको विषय नटुंग्याएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय समिति डाकिएको थियो । याे पनि पढ्नुस् कांग्रेसको सदस्यता अन्योलले १४औं महाधिवेशन फेरि प्रभावित हुँदै