NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

आइपिओ स्वीकृतिको पर्खाइमा १६ कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १६ कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासनको लागि निवेदन दिएका छन् । बोर्डमा निवेदन दिई बोर्डबाट साधारण सेयर निष्कासनको अनुमति पाइसकेका सबै कम्पनीले साधारण सेयर जारी गरिसकेका छन् । यतिबेला लगानीकर्ताहरु अब, कुन कम्पनीको आइपिओ आउला भनेर पर्खेर बसेका छन् । केही समययता लगातार आइपिओ निष्कासन भइरहेकाले अब, भने निष्कासन हुन केही समय लाग्ने देखिएको छ । किनभने बोर्डबाट साधारण सेयर जारी गर्न स्वीकृति पाइसकेका कम्पनीले सेयर जारी गरी सकेको अवस्था छ भने स्वीकृति पाउन बाँकी कम्पनी मात्र छ । अब, स्वीकृति पखाईमा रहेका कम्पनीहरुले स्वीकृति नपाउन्जेल साधारण सेयर निष्कासन हुँदैन । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीका अनुसार केही जलविद्यूत कम्पनीहरुको वित्तीय विवरण अध्ययनमा रहेकाले निवेदन दिएकामध्ये कुनै एक जलविद्युत् कम्पनीले केहि समयपछि स्वीकृति पाउन सक्छ । तर हालसालै भने कुनै पनि कम्पनीले स्वीकृति पाउने नदेखिएको केसीले जानकारी गराए । करिब ६ अर्वको सेयर जारी गर्दै १६ कम्पनी बोर्डमा साधारण सेयर जारी गर्नको लागि निवेदन दिएका १६ कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी ५ करोड ८८ लाख ५० हजार १८५ कित्ता मार्फत ५ अर्व ८८ करोड बराबरको सेयर जारी गने भएका छन् । बोर्डले यी कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरिरहेकाले ढिलो चाडो यी कम्पनीले आईपिओ जारी गर्नेछन् । बोर्डको अध्ययनमा सबैभन्दा अन्तिम चरणमा बिन्धवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी रहेको छ । फागुन ७ गते कम्पनीले बोर्डलाई माग अनुसारको विवरण बुझाएको छ । बोर्डले अब, थप अध्ययन गरेर कम्पनीलाई स्वीकृति दिनेछ । कम्पनीसँग केही इस्यू भएकाले त्यसको अध्ययनमा लागेको केसीले जानकारी दिए । आइपिओ निष्कासनको लागि बोर्डमा निवेदन दिएका कम्पनी