NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पश्चिम बङ्गालको निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ मा हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिए । उनका अनुसार यो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लाग्नेछ । (रासस)