NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कति सुरक्षित छ तपाईंको मास्क ? कोरोनाबाट बच्न ‘डबल मास्किङ’ अनिवार्य

एक वर्षसम्म कोरोना सन्त्रासबाट आजित भइसकेका मानिसलाई पुनः दोस्रो लहरले झन् त्रसित बनाएको छ । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन थालिए पनि मानविय लापरबाहीका कारण यो कहर सहजै अन्त्य हुनेवाला देखिँदैन । विशेषज्ञले पनि कोरोना सम्बन्धी लागू गरिएको स्वास्थ्य मापदण्ड राम्रोसँग नअपनाएकै कारण तिव्र गतिमा संक्रमण फैलिएको बताएका छन् । अब अवस्था यस्तो बनिसक्यो कि चिकित्सकले एउटामा होइन, दुईवटा मास्क लगाउन सुझाव दिन थालेका छन् । संक्रमणबाट बच्नका लागि यो नै सबैभन्दा सहज तरिका हो । डबल मास्किङलाई लिएर मानिसको मनमा कैयौं प्रश्न उठेका पनि छन् । तर, चिकित्सकले अब कोरोनाबाट बच्न एउटै मास्क पर्याप्त नभएको बताएका छन् । डबल मास्किङ किन आवश्यक छ ? कोरोना भाइरसको नयाँ भेरियन्ट निकै तिव्र गतिमा फैलिरहेको छ । संक्रमितमा भाइरसको लोड पनि धेरै छ । एउटै भाइरसले पनि मानिसलाई गम्भीर तरिकाले थला पार्न सक्छ । डबल मास्किङले अनुहारको किनारामा हुने ग्यापिङलाइै पूरै तरिकाले अन्त्य गर्दछन र तपाईंलाई पूरी तरिकाले सुरक्षित राख्न मद्दत गर्दछ । के एकैसाथ दुई सर्जिकल मास्क लगाउन सकिन्छ ? दुई डिस्पोजेबल सर्जिकल मास्क एकै साथ लगाउनु सही हुँदैन । एक स्ट्यान्डर्ड सर्जिकल मास्क कागज जस्तै वस्तुबाट बनेको हुन्छ । सर्जिकल मास्कले नाक र मुखलाई पूरै कभर गर्न सक्दैन । मास्कको किनारामा ग्याप रहिरहन्छ । जसबाट कोरोनाको भाइरस मुख तथा नाकमा पस्न सक्ने सम्भावना अधिक रहन्छ । सर्जिकल मास्क बाहिर कपडाको सादा मास्क लगाउनाले किनारामा हुने ग्याप पनि कम हुने र तपाईंलाई पूरै तरिकाले सुरक्षित राख्न मद्दत गर्दछ । यदि सर्जिकल मास्क पूरै तरिकाले फिट हुन्छ भने यसको इलास्किटमा गाँठो पारेर लगाउनु आवश्यक हुँदैन । तर, सर्जिकल मास्कले पूरै तरिकाले अनुहारलाई कभर गर्न सक्दैन भने यसलाई गाँठो पारेर लगाउनाले २० प्रतिशतसम्म सुरक्षित मानिन्छ । एन–९५ र के–९५ मास्कका साथ पनि डबल मास्किङ आवश्यक छ ? एन–९५ र चीनमा बनेको के–९५ मास्क मेडिकल मास्कमध्ये सबैभन्दा गुणस्तरीय मास्क हो । यदि सही तरिकाले यसलाई लगाउन जानियो भने यसबाट ९५ प्रतिशतसम्म सुरक्षित रहन सकिन्छ । यसकारण यी दुई मास्कका साथ डलब मास्किङ आवश्यक पर्दैन । तर, यसलाई लगाउने तरिका सही हुनुका साथै मास्क पनि गुणस्तरीय हुनुपर्दछ । किनकी पुनः एक पटक यी दुई मास्कको अभाव बजारमा देखिएको छ । यस्तोमा सर्जिकल मास्कका साथ कपडाको मास्क लगाउनु नै सबैभन्दा सहज तरिका हो । यदि तपाईंको इच्छा छ भने, कोरियामा बनेको केएफ–९४ मास्क पनि लगाउन सक्नुहुन्छ । यसको साथमा पनि डबल मास्किङ आवश्यक पर्दैन । मास्क पूरै तरिकाले फिट छ या छैन, कसरी चेक गर्ने ? डबल मास्किङपछि मास्क पूरै तरिकाले फिट भएको छ या छैन भन्ने जान्न निकै आवश्यक हुन्छ । यसका लागि मास्कको किनारामा हात राखेर तिव्र गतिमा स्वास लिनुहोस् । यदि किनाराबाट हावा निस्किरहेको छ भने मास्कलाई टाइट बनाउन आवश्यक छ । यदि पूरै तरिकाले मास्क फिट भएको छ भने, मास्कभित्र तातो हावाको महशुस हुनेछ । कैयौं मासिन मास्क लगाइसकेपछि क्याण्डिल फुकेर पनि फिट भए नभएको चेक गर्दछन् । जसलाई सही मानिँदैन । कोलम्बिया विश्वविद्यालयका केमिकल इन्जिनियर प्रोफेसर वी फये म्याकनिलले भने, ‘जुन मास्क पूरै तरिकाले फिट हुँदैन । त्यसबाट लगातार क्याण्डिल निभाउन सकिन्छ । यसकारण मास्क फिट भएको छ या छैन भन्ने जाँच गर्नका लागि क्याण्डिल निभाउने तरिका सबैभन्दा खराब हो ।’ एजेन्सीकाे सहयाेगमा