NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सीईडीबी हाइड्रोपावरलाई झन्डै ४ वर्षपछि आईपीओ निष्कासनको अनुमति

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्न २०७४ असार २७ मा बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको झन्डै ४ वर्षपछि कम्पनीले सेयर जारी गर्न स्वीकृति पाएको हो । अब, उसले एक महिनाभित्र सर्वसाधारणहरुलाई सेयर निष्कासन तथा बिक्री गर्नुपर्छ । कम्पनीको बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।