NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

अप्पर तामाकोशीमा अस्वाभाविक ढिलाइ भएको छ, अब सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्पर तामाकोशीमा भएको ढिलाइप्रति आक्रोश व्यक्त गरेका छन् । नापी विभागको अनलाइन प्रणाली उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यमा हुने ढिलाइ कुनै हालतमा स्वीकार्य नहुने बताएका हुन् । आफ्नो जोड स्वच्छ ऊर्जा उत्पादनतर्फ रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि मुख्य मानिएका योजनाहरुमा भइरहेको ढिलाइले समस्या निम्त्याएको बताएका छन् । एउटा मेसिन जडान नपुगेको भन्दै एक वर्षदेखि अप्पर तामाकोशी अल्झाउँदै लगिएकोमा अब आफूले गम्भीरताका साथ त्यसमाथि हेरिरहेको बताए ।‘अप्पर तामाकोशीको काममा अस्वभाविक ढंगले ढिलाइ भएको छ । तयसतर्फ मेरो विशेष ध्यान छ,’ प्रधानमन्त्री ओलीले भने, ‘लगभग एक वर्षदेखि एउटा मेसिन जडान गर्नुछ भन्ने सुन्दै आएको छु । जहिले सोध्दा पनि एउटै कुरा हो । यो त अत्ति भइसक्यो ।’ एउटा मेसिन राख्न गरिएको ढिलाईले देशले परोक्ष रुपमा दैनिक १ करोड घाटा व्यहोरिरहेको उनको भनाइ छ । अब विदेशी या नेपाली जो भए पनि विकास निर्माणका काममा ढिलाइ गर्ने कम्पनीलाई कारबाही गर्ने उनले चेतावनी दिए । ‘एउटा सानो के जाती मेसिन राख्नुछ रे । त्यति राख्न पनि एक वर्षसम्म सकिएको छैन रे । यसले दिनमा प्रत्यक्ष पाँच करोड । परोक्षमा भन्दा दैनिक १३ करोड क्षति भइराखेको छ । यस्तो ढिलासुस्ती अब मान्य हुँदैन,’ ओलीले भने । आफूले कडाइ नगरेको भए मेलम्ची पनि नआउने उल्लेख गर्दै ओलीले विकासका काममा व्यवधान खडा गर्ने कसैमाथि पनि मान्य नहुने चेतावनी दिए । उनले भने, ‘हामीले कडाइ नगरेको भए मेलम्ची पनि आउने थिएन । कडाइका साथ निर्माण कार्यमा तिव्रता दियौं । हरेक दिन ताकेता गरेपछि मात्रै मेलम्चीको पानी आयो । फेरि पनि काममा व्यवधान खडा गर्ने, काममा हुने वेवास्तालाई अनदेखि गर्न सकिँदैन । देशभित्र होस वा बाहिरसको कम्पनी विलम्ब स्वीकार्य हुन सक्दैन ।’