NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

वर्षको सुरुवातमै सेयर बजार २०.६७ अंकले उक्लियो, लगानीकर्ताको रोजाइमा बैंक र फाइनान्स

काठमाडाैं । २०७८ साल लागेपछिको पहिलो कारोबारको दिन सेयर बजार २० दशमलव ६७ अंक उक्लिएर २७ सय ३५ दशमलव ४६ बिन्दुमा पुगेको छ । साताको अन्तिम दिन अर्थात बिहीबार २७ सय ३५ दशलमव ४० बिन्दुबाट सुरु भएको सेयर बजार २७ सय ५५ बिन्दुसम्म पुगेर ओर्लिएको हो । तर, पनि अन्त्यसम्म बढेर नै बजार बन्द भयो । तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने समय आएसँगै लगानीकर्ताहरु बैंकका सेयरमा बढी आकर्षित भएको देखिन्छ । यसदिन वाणिज्य बैंकको सूचक १ दशमलव २२ प्रतिशत बढेको छ भने विकास बैंकको सूचक ३ दशमलव १२ प्रतिशत बढेको छ । साथै, फाइनान्सको २ दशमलव २२ प्रतिशत बढेको छ । बिहीबार २१८ कम्पनीको ८ अर्व ६३ करोड ६६ लाखमाथिको सेयर कारोबार भएको छ । बढेको बजारमा बेष्ट फाइनान्स, एनआइसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिन डेभलपमेण्ट, गरी आठ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा रहेको छ । यसदिन सबैभन्दा बढी एनआइसी एशिया लघुवित्तको सेयर कारोबार भएको छ । कम्पनीको ४९ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ । साथै, नेफ्राको पनि ४९ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ ।